चर्चित र्‍यापर यम बुद्ध मृत अवस्थामा फेला

काठमाडौं १ माघ । युवा गायक एवं चर्चित र्‍यापर  यम बुद्ध (अनिल अधिकारी) मृत अवस्थामा भेटिएका छन् ।
शनिबार उनी लण्डनस्थित आफ्नो बाथरुमा मृत भेटिएका हुन् । २९ बर्षीय गायक आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएकोमा मृत भेटिएको बिबिसी लगायत समाचार एजेन्सीले बताएका छन् ।
उत्तर लण्डनस्थित निवासमा आत्महत्या गरेका परिवार सदस्यले पुष्टी गरेका बीबीसी नेपाली समाचारले उल्लेख गरेको छ। बीबीसीका भगिरथ योगीसँग परिवारका सदस्यले मृत्युको पुष्टी गरेका विवरणमा उल्लेख छन्।
उनको शव पोष्टमार्टमका लागि नर्थवीक पार्क हस्पिटल ह्यारोमा राखिएको छ । मृत्युको कारण केही पनि खुलाइएको छैन ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।