महुरेगढीको सट्टामा लामीडाँडा गाउँपालिका बनाइएको बिरोधमा अनिश्चितकालिन सडक बन्दमा उत्रिएका बुईपा, राजापानी, बिजयखर्क, नुनथला लगायतका स्थानीयले आफ्नो गाउँपालिका परिवर्तन गराउनमा लामाको हात रहेको दाबी गरेका छन् । गाउँपालिका परिवर्तन गर्नकालागि लामाले कांग्रेस नेता सुवास पोखरेलमार्फत लाखौँ रकम रिचालन गरेको महुरेगढी संघर्ष समितिका सदस्य एबं युवा संघ खोटाङका अध्यक्ष दिनेश राईले बताए । ‘जिल्ला तहमा गाउँपालिकाको खाका परिवर्तन गर्नमा लामाले भूमीका खेलेको खुल्न आएको छ ।
लामाले ३५ लाख रकम पोखरेलमार्फत परिचालन गरेको हामीलाई जानकारी आएको छ,’ राईले भने, ‘त्यसका बिरुद्ध हामी लामाको रावाखोला हाईड्रोपावर घेर्न जाँदै छौँ ।’ संघर्ष समितिले गाउँपालिका फेरबदलमा चलखेल गर्ने व्यक्तीहरुको नाम क्रमशः खुलासा गर्दै जाने बताएको छ ।
महुरेगढीको सट्टामा लामीडाँडा गाउँपालिका बनाइएको भन्दै बिरोधमा बुईपा, राजापानी, बिजयखर्क, नुनथला लगायतका स्थानीय गत शनिबारदेखि अनिश्चितकालिन सडक बन्दमा उत्रिएका छन् । अनिश्चितकालिन सडक हड्तालले सर्वसाधारणले यात्रा तथा जनजीवन कष्टपूर्ण गर्न बाध्य बनेका छन् । हाल रातको १० बजेदेखि बिहान ७ बजेसम्म मात्र सडक खुला गर्न थालिएको संघर्ष समितिले जनाएको छ ।