काठमाडौँ, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले अबको १० दिनमै निर्वाचनको मिति घोषणा गरिने बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले निर्वाचनको मिति घोषणा गरेपछि संविधान संशोधनको विधेयकलाई पारित गरिने जिकिर गरे ।
“संशोधन विधेयक पारित भएपछि मात्र अहिलेको राजनीतिक समस्या हल हुन्छ, आगामी जेठको पहिलो साताभित्रै निर्वाचन गर्ने सरकारको तयारी छ” उनले भने ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले निर्वाचन गराउने हल्ला मात्र गरेको तर निर्वाचन गराउने पक्षमा नरहेको आरोप लगाए ।