दिक्तेल, २७ पुस । प्रधानन्यायाधिस शुशिला कार्कीले हरेक न्यायलयले गरिब, निमुखा र पिडीतलाई पहिलो प्राथमिकतामा राखेर न्याय सम्पादन गर्नुपर्नेमा जोड दिनु भएको छ ।
जिल्ला अदालत खोटाङको दिक्तेलस्थित नवनिर्मित भवन उदघाटन गर्दै प्रधान न्यायधिस कार्कीले अझैपनि न्यायलयप्रति सर्वसाधारणको गुनासो आइरहेको उल्लेख गर्दै पिडितलाई केन्द्रमा राखेर न्याय सम्पादन गर्नुपर्ने बताउनु भएको हो । उहाँले निमुखा, गरिब तथा अदालतसम्म पुगेर खर्च गर्न नसक्ने सर्वसाधारणप्रति न्यायकर्मी समर्पित हुनुपर्नेमा जोड दिनु भएको छ । अशल डाक्टर सामु पुगेका बिरामीले ‘बाँच्छु’ भन्ने महसुस गरे झैँ न्यायलयमा पुग्ने सेवाग्राहीलाई न्याय पाउनेमा निश्चिन्त पार्न सक्नु पर्ने कार्कीको भनाई थियो ।
‘न्यायका लागि लामो समयसम्म पर्खनुपर्ने र झन्झट बेहोर्नुपर्ने समस्याबाट न्यायलयलाई मुक्त गर्न आवश्यक छ,’ प्रमुख अतिथिकारुपमा बोल्दै प्रधान न्यायधिस कार्कीले भन्नुभयो, ‘बिना झन्झट, उदार र सहयोगी व्यवहारका बिच न्याय पाउने वाताबरण न्यायलयमा बनाईनु पर्छ ।’ न्यायपालिकामा चाँडोभन्दा चाँडो मुद्धा किनारा लगाउने र पक्षपातरहित ईन्साफ गर्ने व्यवस्था भए मात्र हरेक न्यायलय सबैको आस्थाको धरोहर बन्न प्रधान न्यायधिस कार्कीले बताउनुभयो । उहाँले न्याय पाउनुपर्ने व्यक्तीले न्याय नपाउने तर नपाउनुपर्नेले न्याय पाउने स्थिति आउन नदिन सचेत रहन चनाखो रहन आग्रह गर्नुभयो ।
हेलीकोप्टरबाट दिक्तेल आएकी कार्कीले न्यायकालागि सेवाग्राहीलाई धेरैबेरसम्म नपर्खाउन र एक घण्टाभित्रै सेवा दिने व्यवस्थाका लागि न्यायधिसहरुको ध्यानाकर्षण गराउनु भएको छ । महिला सम्बन्धीका मुद्धालाई दुई÷तीन महिनामै भित्रै टुंग्याउने व्यवस्थाकालागि न्यायकर्मी तत्पर रहनुपर्ने प्रधान न्यायधिस कार्कीको भनाई थियो ।
जिल्ला अदालतको भवन ३ करोड ८९ लाख ५२ हजारको लागतमा २०६८ साल चैत्र १५ गते नै निर्माण गरिएको हो । उदघाटन नगरिए पनि अदालतले सोही भवनबाटै आफ्नो कामकाज सञ्चाल गर्दैआएको छ ।
Comments