भक्तपुर, २६ पुस । पूर्वउपप्रधानमन्त्री एवम् राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताका नाममा पहाड र तराईलाई अलग गरे नेपाल विखण्डन हुनसक्ने बताएका छन् ।
रफत सञ्चार क्लबले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले नेपाललाई सिङ्गो राख्न सङ्घीयतालाई कार्यान्वयन गर्ने नहुने धारणा राखे ।
अध्यक्ष केसीले भने–“नेपाली जनताको घाँटीमा सङ्घीयता जबर्जस्ती भिडाएर पहाड र तराई अलग पार्दै कालान्तरमा नेपाललाई विदेशी भूमिमा गाभ्ने षडयन्त्र भइरहेको छ, देशलाई जोगाउन जर्बजस्त सङ्घीयता लाद्न हुँदैन ।”
प्रतिपक्षी सांसदहरुको विरोधका बाबजुद सभामुखले संविधान संशोधन विधेयक टेबल गर्न दिएर संसद्को मर्यादा विपरीत कार्य गरेको उनको टिप्पणी थियो ।
Comments