काठमाडौँ, १७ पुस । कैलालीका २३ वर्षीय भरत विष्टले किर्तिमान राख्नका लागि एक मिनेटमा ४२ वटा लसुनको पोटी खाएका छन् ।
विष्टले एक मिनेटमा ४२ वटा लसुनको पोटी खाएर यसअघिको विश्व कीर्तिमान तोड्दै नयाँ रेकर्ड राख्न समेत सफल भएका छन् ।
यसअघि संयुक्त राज्य अमेरिकाका नागरिक फ्याट्रिक ल्याटीले एक मिनेटमा ३६ वटा लसुनको पोटी खाएर कीर्तिमान राखेका थिए ।
अब उनको रेकर्डलाई गिनिज बुकमा दर्ताका लागि उनको भिडियो गिनिज बुकमा पठाइने छ । खाना खाँदा लसुन खाइरहने भएकाले यो कीर्तिमान राख्न सहज भएको उनको भनाई छ ।
सो कीर्तिमान गिनिज बुकमा अभिलेख गराएपछि उल्टोबाट छिट्टो शब्द उच्चारण र दुवै हातले चाँडो रोमन शब्द लेख्ने थप कीर्तिमानका लागि आफूले पहल गर्ने पनि उनले बताएका छन् ।
Comments