खोटाङ, १५ पुस । नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा बादलले संविधान संशोधनमा चित्त नबुझे संशोधन प्रस्तावलाई सदनबाटै फेल गर्न एमालेलाई चेतावनी दिएका छन् ।प्रेस सेन्टर खोटाङले शुक्रबार दिउँसो सदरमुकाम दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बरिष्ठ नेता बादलले संशोधनमा चित्त नबुझेको भए वा संशोधन राष्ट्रघाती लागेको भए सो प्रस्तावलाई सदनबाटै फेल गर्न चुनौती दिए । वरिष्ठ नेता बादलले एमालेले ‘सदन पनि चल्न नदिने र निर्वाचन पनि खोज्ने’ दोहोरो चरित्र देखाएको भन्दै आपत्ति जनाए ।
माओबादी केन्द्र निकट किराती राष्ट्रिय मुक्ती मोर्चाको चौथो सम्मेलनको सिलसिलामा दिक्तेल आइपुगेका बादलले सबै दल र पक्षलाई सहमतीमा लिएर अघि बढ्न खोज्दा समस्या झ्न बल्झिने र संसद बिघटनतिर जाने खतरा बढेकाले बिवादलाई चाँडोभन्दा चाँडो हल गर्नुपर्ने मोडमा सरकार पुगेको उल्लेख गरे । उनले वार्ता र छलफलकै माध्यमबाट सहमती जुटाउन र समस्या समाधानका लागि अहिलेलाई हप्ता दिनका लागि समय बढाइएको बताए ।
बरिष्ठ नेता बादलले हप्ता दिनभित्र पनि दलबीचमा सहमती नजुटे सरकार आफैले संबिधान संशोधन प्रस्ताव सदनमा दर्ता गर्ने जानकारी दिए । ‘सहमती नजुटे बर्तमान सरकार एमालेलाई ‘क्रस’ गरेरै भए पनि संशोधन प्रस्ताव सदनमा दर्ता गर्ने पक्षमा छन्,’ बादलले भने, ‘हप्ता दिनसम्म औपचारिक र अनौपचारिकरुपमा छलफल हुन्छ सहमती नजुटे सरकार संशोधन प्रस्ताव दर्ता गराउने मोडमा पुगेको छ ।’
Comments






