संखुवासभा, ३० पुस  
संखुवासभाको सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको दोभानतर्फ जाँदै गरेको जिप आज मध्याह्न दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित छजनाको मृत्यु भएको छ । 
मृत्यु हुने अन्यमा पाथीभरा हेदानाका स्थानीयबासी सुरेश राई र खाँदबारीका सुवासचन्द्र कुइँकेलको मात्र सनाखत भएको छ । 
मृत्यु हुनेमा समाजशास्त्री अर्जुन बस्नेत र इन्जिनियर सुदीप ढकालको नाम खुले पनि वतन खुलेको छैन । जिप चालकको भने सनाखत हुन सकेको छैन । 
प्रमुख जिल्ला अधिकारी शीवराज जोशीका अनुसार सदरमुकाम खाँदबारीबाट गएको बा ५ च १३०९ नम्बरको जीप भोटखोला गाउँपालिका–३ मा पर्ने सामाटार भन्ने स्थानमा दुर्घटना भएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।