सत्तामा जान मधेस आन्दोलन : एमाले सचेतक घर्ती

दाङ, २८ पुस । नेकपा (एमाले)का सचेतक गोकुल घर्तीले मधेस आन्दोलन सत्तामा चढ्ने भ¥याङ भएको बताउनुभएको छ ।

नेकपा (एमाले) घोराहीले आज यहाँ आयोजना गरेको माघी मिलन कार्यक्रमलाई सम्बोधन गर्दै सचेतक घर्तीले मधेसी जनतालाई अधिकार दिन भनेर थालिएको आन्दोलन मधेसी जनताका अधिकारका लागिभन्दा पनि मधेसी नेतालाई सत्तामा पु¥याउने भ¥याङ भएको बताउनुभएको हो ।

सामन्तवादी सोच भएका मधेसी नेताले सत्तामा पुग्ने स्वार्थका कारण अहिले मधेसमा आन्दोलन चलाएको आरोप लगाउँदै उहाँले मधेसी, थारु, दलितलगायतका पछाडि पारिएका जातजातिले उठाउँदै आएको राज्यका हरेक तहहरुमा समानुपातिक प्रतिनिधित्व तथा सहभागिताको अधिकार संविधानले ग्यारेण्टी गरिसकेकाले मधेस आन्दोलनको कुनै अर्थ नरहेको बताउनुभयो ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज मेटमणि चौधरीले माघी पर्वलाई नयाँ कार्यको सुरुवातसँगै एकता सद्भावको पर्वका रुपमा लिनुपर्ने बताउनुभएको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।