मंसिर १३ । बिना अनुमति नेपाल छिरेका भारतीय सीमा सुरक्षा बलका १३ जनालाई झापाको केचनास्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा टोलीले नियन्त्रणमा लिएको छ ।
इन्सास राइफलसहित फौजी पोशाकमै नेपाली भूमिमा छिरेका उनीहरुलाई आइतबार बिहान नियन्त्रणमा लिएर सीमा सुरक्षा टोलीको केचनास्थित ब्यारेकमा राखिएको छ ।
पेट्रोलियम पदार्थ लिन भारत गएका नेपालीमाथी आक्रमण गर्दै नेपालतर्फ प्रवेश गरेपछि उनीहरु सशस्त्रको नियन्त्रणमा परेका हुन् । 
नियोजित रुपमा वा बाटो भुलेर उनीहरु नेपाल छिरेका हुन् भन्ने विषयमा अनुसन्धान भईरहेको छ । 

यसअघि पनि भारतीय फौजले नेपाल भूमि छिरेर गोली हानी ४ निर्दोष नेपालीलाई घाइते बनाएको थियो । भारतीय ज्यादतीका कारण सिमा क्षेत्रका नेपालीले दुःख पाउँदै आएका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।