बुटवलको सबैभन्दा व्यस्त चोक चौराहा, सुरक्षाको उच्च सर्तकता अपनाइएको भनिएको चौराहामा भारतीय नम्बर प्लेटधारी मिनि ट्रक चौराहा प्रहरी विटको ९० मिटर नजिकै करिब आधाभन्दा बेसी जलिसकेपछि बल्ल प्रहरीले देख्यो ।
गाडी चालकले अपरिचित व्यक्तिले आएर आगो लगाएको बताए । केही दिन अगाडीमात्रै नेकपा माओवादीले भारतीय नम्बरप्लेटका गाडीहरुलाई नेपाल प्रवेशमा रोक लगाउन चेतावनी दिएको थियो भने केही समय अगाडीमात्रै दाङमा पनि नेकपा माओवादीले यस्तै गाडीमा आगो लगाएको थियो । यता नेकपा माओवादीको केन्द्रको घोषित कार्यक्रम अनुसार कारबाही भएको नेकपा माओवादी रुपन्देहीले जनाएको छ । माओवादीका अनुसार अघोषित नाकाबन्दी भन्दै देशलाई अत्यावश्यक ग्यास, पेट्रोल, डिजेल तथा अन्य अत्यावश्यक सामग्रीहरु नपठाउँने कुहिएका सढेगलेका सामग्रीहरुमात्रै देशभित्र पठाउने गरेको कारण नेपाललाई हस्तक्षेप गर्दै आएको हुुँदा यस्तो निर्णय लिएको बताइएको छ । माओवादीले भारतीय नम्बरप्लेटका गाडीहरु, हिन्दी सिनेमा तथा हिन्दी च्यानलहरु समेत बन्द गर्न आब्हान गरेको छ ।







