चीनको झण्डा जलाउने तीन जना पक्राउ

काठमाडौं । छिमेकी राष्ट्र चीनको झण्डा जलाउने ३ जना पक्राउ परेका छन् । पर्सा प्रहरीले मधेसी जनअधिकार फोरमका केन्द्रीय सदस्य सन्जय यादव, सद्भावनाका जिल्ला अध्यक्ष इमदाद गद्दी र नेपाल परिवार दलका ओमप्रकाश सर्राफलाई उत्तरी छिमेकी चीनको झण्डा जलाएको आरोपमा पक्राउ गरेको हो ।
 झण्डा जलाउने अन्यको पनि खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
मधेसमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार वीरगन्जमा चीनको झण्डा जलाएका थिए । उनीहरुले चीनले नेपाललाई इन्धन सहयोग गर्न लाग्दा त्यसको विरोधमा झण्डा जलाएका थिए ।
मधेस आन्दोलनलाई तुहाउन र इन्धन समस्या टार्न नेपाललाई इन्धन दिन लागेको विरोधमा झण्डा जलाइएको उनीहरुको भनाई छ ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।