आर्थिक वर्ष २०७२/७३ का लागि सरकारले आठ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजारको बजेट सार्वजनिक गरेको छ ।

अर्थमन्त्री डा. रामशरण महतले व्यवस्थापिका संसदमा २ घण्टा ११ मिनेट लगाएर बजेट भाषण गरे । सो बिचमा माइक्रो ब्लगिङ ट्विटरमा भने विभिन्न चर्चा परिचर्चा भए । बजेट भाषण चलिरहेकै बेला पत्रकार रमेश वाग्लेले ८ खर्बको बजेट सार्वजनिक भनेर ट्विटिए ।

कुनै पनि विषयमा आफूलाई लागेका कुरा सेयर हुने तथा चर्को रुपमा छलफल (डिबेट) हुने ट्विटरमा बजेट भाषणको डिबेट नहुने त कुरै रहेन । सँधै झैँ बजेटमा ठूला महत्वाकांक्षी योजना आउने तर कार्यान्वयन नहुने पुरानो रोगलाई अर्का पत्रकार मिलन तिमल्सिनाले भने फिल्मको संज्ञा दिँदै यसरी व्यंग्य गरे ।

धेरै ट्विटेहरुले बजेट कार्यान्वयन हुनेमा शंका व्यक्त गरे । उनीहरुले भ्रष्टचार मौलाउनेमा पनि निक्कै दुःख व्यक्त गरेको पाइयो ।

रिपब्लिकामा कार्यरत पत्रकार अशोकले भने निजामती सेवामा सेवा निबृत्त हुने उमेरहदमा पुनरावलोकन गरिने विषयलाई सकरात्मक लिए ।

यता, अर्का पत्रकार शिव दाहालले बजेट आए लगत्तै महंगी बढ्ने कुराको पिरलो ट्विटरमा ट्विटिए । उनको यथार्थमूलक जस्तै रहेको सो कुरा रोचक रुपमा यसरी प्रस्तुत गरे ।

बजेटको सार्वजनिक भए लगत्तै विभिन्न चर्चा परिचर्चा, आलोचना, समर्थन हुने गरेका छन् । संसद भवन परिसरमा नै बजेटको अर्थमन्त्री सम्बद्ध दल र पक्षले बचाउ गरे भने अन्य पक्षले आलोचना गरे । सत्तारुढ दल एमालेकै एक मन्त्रीले बजेटबारे बिरोध गरेको कुरा कान्तिपुरका पत्रकार अनिल क्षेत्रीले यसरी सेयर गरे ।

भूकम्प बिनाशपछि बजेट सार्वजनिक भएको छ । बजेटका विषयमा टिकाटिप्पणी हुनु कुनै नौलो पनि मानिन्न । तर ट्विटेहरुले भने झैं कार्यान्वयन हुन महत्वपूर्ण हुनेमा कसैको बिमत्ती नरहँला ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।