प्रधानन्यायाधीश पदबाट नहटे पून: सत्याग्रह बस्ने केसीको चेतावनी

पौष २९ काठमाडौँ
त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले प्रधान्यायधिश गोपाल पराजुलीले राजीनामा नदिए फेरि अनसन बस्ने चेतावनी दिएका छन्।केसीले प्रधानन्यायाधीश पदबाट नहटे सत्याग्रहसहित आन्दोलन सुरु गर्ने बताएका हुन् । सरकारसँग ५ बुँदे सम्झौता गरेसँगै त्रिवि शिक्षण अस्पतालका डा.गोविन्द केसीले आमरण अनसन अन्त्य गरेका थिए । 
शनिबार अनसन तोडेपछि डा. केसीले निश्पक्ष छानविनका लागि पराजुलीले राजीनामा दिनु पर्ने बताए । उनी भन्छन् पराजुली, जो महाभ्रष्ट, अपराधी र माफिया हुन् । म त्यसको विरुद्ध लडेको हुँ र अहिले पनि लडिराख्छु’ ।अदालतको मर्यादा कायम राख्न पनि पराजुलीले राजीनामा दिनु पर्ने उनले बताए । 

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।