भारतीय मिडिया हल्लिएको दिन

काठमाडौं २० वैशाख । सामाजिक सञ्जाल ट्विटरमा आइतबार भारतीय मिडियाका विरुद्ध अहिलेसम्मकै ठूलो विरोध भएको छ । ट्विटरमा मिडियाको विरुद्ध विरोध भएको सम्भवत विश्वमा यो नै पहिला ठूलो विरोध हो । 
भारतीय मिडियाले नेपालको महाभूकम्पमा संवेदनशिलता ख्याल नगरेको, पीडितहरुको भावनामा ठेस पुर्याएको तथा अनावश्यक प्रोपोगाण्डा फैलाएको आरोपसहित भारतीय मिडियाको तिब्र विरोध भएको हो ।
 ट्विटर प्रयोगकर्ताहरुले गोहोमइन्डियनमिडिया ट्याग राखेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा त्यहाँका चर्चित टेलिभिजनहरुलाई मेन्सन गरेका थिए । यो समाचार तयार गर्दासम्म मोदीले भने कुनै प्रतिक्रिया जनाएका छैनन् । तर भारतीय वुद्धिजिवि, पत्रकार तथा सर्वसाधरणहरुले भने भारतीय मिडियाले पत्रकारिताको भूमिका बिर्सेको भन्दै उल्टै भारतीय मिडियाको विरोध गरेको पाइएको छ ।
नेपालीहरुले चलाएको विरोध अभियानमा विश्वभरीबाट नै साथ मिलेको पाइएको छ । आइतबार दिनभर जसो यो टेन्डिंग विश्वभर दोस्रो नम्बरमा रह्यो भने भारतमा पहिलो नम्बरमा रहेको थियो । नेपालीहरुले भारतीय मिडियाले नेपालको महाभूकम्पमा गरेको नराम्रा तथा झुटा विषयहरुलाई ट्विटरमा राखेर गो होमइन्डियनमिडिया ट्याग गरेका थिए । केही नेपाली ट्विटर प्रयोगकर्ताहरुले उक्त अभियानलाई भारतीय मिडियाले गरेको ज्याजदीविरुद्धको मौनता फुटेको संज्ञा दिएका छन् । उनीहरुले भारतीय मिडियाले नेपालीको भावनामा ठेस पुर्याएको भन्दै भारत फर्कन आग्रह गरेका छन् । नेपालीले गो होम इन्डियन मिडिया अर्थात घर फर्क इन्डियन मिडिया भनेर नेपालबाट आग्रह गरिरहँदा भारतीय केही ट्विटर प्रयोगकर्ताहरुले भने भारतको नै बेइज्जत गरेको भन्दै भारतीय मिडियालाई भारत होइन नर्क फर्कन भनेर पनि खिल्ली उडाएका थिए ।
प्रोपोगाण्डामुलक समाचार सम्प्रेषणमा मात्रै ध्यान दिएपछि चलाइएको अभियानमा भारतीय बरिष्ठ पत्रकारहरुले समेत समर्थन गरेका थिए । भारतका बरिष्ठ पत्रकार शेखर गुप्ताले यसअघि नै नेपाल स्वाभिमानी र इतिहासदेखि नै सार्वभौम भएको भन्दै नेपाल बिहारको विस्तारित भाग नभएको भन्दै सचेत गराएका थिए । तर, भारतीय मिडियाले उनको कुराको बेवास्ता गरेर सम्प्रेषण पस्कदा विश्व प्रेस स्वतन्तत्राका दिन भारतीय मिडियाले भने कालो दिनको रुपमा लिनुपर्यो । भारतीय केही पत्रकारहरुले आइतबारलाई कालो दिन भनेका छन् ।
भारतीय बरिष्ठ पत्रकार गुप्ताले भारतीय मिडियाले नेपाललाई कुनै प्रान्त झैं छानेकोमा नेपालीहरुको आक्रोश भनेका छन् । भारतीय सैनिकका एक पाइलटले त आफूहरुले वर्षौदेखि भारतीय मिडियाको ज्याजदी भोग्न बाध्य भएको तर नेपालीहरुले ६ दिन पनि सहन नसकेर आक्रोश पोखेको प्रतिक्रिया दिएका छन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले महाविपत्तीमा विश्वभरका मिडियाको जमघट हुनु स्वभाविक भएपनि केही भारतीय मिडियाको भूमिका सार्वभौमिकता, पत्रकारिताको धर्म र मानवीय संवेदनशिलता विपरित रहेको र त्यसविरुछ आक्रोश पोखिएको जनाए । अध्यक्ष विष्टले सम्बन्धीत सरकारी निकायलाई यस्ता कुरामा ख्याल गर्न आग्रह समेत गरेका छन् ।
मुख्य रुपमा भारतीय मिडियाले भूकम्पका बारेमा संवेदनशील भएर रिर्पोर्टिंग नगरेको, घटनालाई सनसनीपूर्ण बनाएर प्रस्तुत गरेको, राष्ट्यितामाथि हस्तक्षेप हुने गरी समाचार सम्प्रेषण गरेको आरोप ट्विटर प्रयोगकर्ताहरुले लगाएका छन् ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।
  • 1 COMMENT

    Comments are closed.