सिरहा, २१ फागुन । भारतसँग सिमाना जोडिएको सिरहा जिल्लास्थित तीन नाकामा जिल्ला स्वास्थ्य कार्यालयले आज स्वाइन फ्लुबाट बच्न ‘हेल्प डेस्क’ स्थापना गरेको छ । 
स्वास्थ्य कार्यालयले मुख्य भन्सार नाका सिरहा नगरपालिकामै पर्ने माडर, बरियारपट्टि र ठाडीमा हेल्प डेस्क स्थापना गरेको हो । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दयाशङ्करलाल कर्णले भारतमा स्वाइन फ्लुको सङ्क्रमण बढ्दै गएको र जिल्लावासी तथा भारतीय रोजगारी, किनमेल, नातासम्बन्धमा नेपाल र भारत जाने आउने क्रम निरन्तर चलिरहेकाले सचेतना अपनाइएको बताए ।
भारतको स्वाइन फ्लु प्रभावित गुजरात, दिल्ली, महाराष्ट्र, युपी, विहारमा रोजगारीका लागि गएका जिल्लावासी फागु पर्वका अवसरमा फर्किने क्रम चलेपछि हतारहतारमा हेल्प डेस्क स्थापना गरिएको प्रमुख कर्णले जानकारी दिए । उनले हेल्प डेस्कमा भारतबाट आउनेको स्वास्थ्य परीक्षण गरी स्वाइन फ्लुबाट बच्ने उपायबारे जानकारी गराएर चेतनामूलक पर्चा पम्प्लेट वितरण भइरहेको पनि बताए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।