माघ ९ । एकीकृत माओवादीले शान्तिपूर्ण जनप्रर्दशनका क्रममा आफ्ना नेता तथा कार्यकर्तामाथि सरकारले दमन गरेको भन्दै आपत्ति प्रकट गरेको छ ।

एमाओवादीका महासचिव कृष्णबहादुर महराले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी झापामा बिहीबार शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नेता तथा कार्यकर्तालाई प्रहरीले बिनाकारण हस्तक्षेप गरेको बताएका छन् ।

प्रहरीले गरेको बल प्रयोगबाट एमाओवादीका झापा जिल्ला अध्यक्ष धर्मशीला चापागाईं, सङ्घीय लिम्बूवान पार्टीका वरिष्ठ नेता सञ्जुहाङ पालुङ्गालगायत २१ नेता, कार्यकर्ता गम्भीर घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।

एमाओवादीले प्रहरीले अनावश्यक बल प्रयोग गरी घाइते भएका सबै नेता तथा कार्यकर्ताको निःशुल्क उपचार गर्न सरकारसँग आग्रह गर्दै शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।