माघ ७ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एक महिनाको सेरोफेरोभित्र संविधान आउने बताएका छन ।
संविधानसभाको बुधबारको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले माघ ८ मा संविधान ल्याउन नदिन अवरोध खडा भएकाले निर्धारित मितिमा पूर्णरुपले संविधान ल्याउने अवस्था नरहेको उल्लेख गरे । 
नेता खनालले तर यही सेरोफेरोबाट प्रक्रियाको थालनी भएकाले महिनादिनभित्र संविधान आउने दृढता व्यक्त गरे । 
नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफूले बन्द फिर्ता गर्नुस् सहमतिको लागि संविधानसभाको बैठक ६ देखि ८ गतेसम्मका लागि स्थगन गराउन आफूले प्रयास गर्ने बताएकोमा एकीकृत नेकपा –माआवादीले त्यसलाई नमानेको बताए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।