जाजरकोट २१ पौष । बीस बर्ष पहिले भारतमा बेचिएकी रुकुमकी एक महिला आफ्नो घर खोज्दै जाजरकोट आई पुगेकी छन् । युवा बालपनको हेक्का राख्न नसके पछि रुकुम जाने क्रममा जाजरकोट पुगेकी हुन् ।
रुकुम खोलागाउँको मानाकोट घर वताउने धनकुमारी भनिने राज कुमारीलाई गाउँले मामा नाता पर्ने व्यक्तिले २० बर्ष पहिले भारतको चन्डीगडमा लिएर एक भारति नागरिक संग आफुलाई वेचेको उक्त राज कुमारी वताउछिन् । आफु १६ बर्षकको वेचिएको वताउने राज कुममारी भन्छिन् “ किन्ने भारतिले आफुलाई एक बर्ष सम्म मानसिक र शारिरीक यातना दिएर अन्तमा जंगलमा लिएर फलिदियो, वेवारिसे अवस्थामा जंगलमा फलिएकी महिलालाई देहरादुन विकासनगर थानाका जीवन सिंहले फेला पारे पछि आफ्नो घरमा लिएर औषधि उपचार गरे । ”
विकासनगर थानाका स्थानियहरुको सहयोगमा आफुलाई उपचार गरि वचाउने जीवन सिंह संग विवाह गरि दिएको उनको भनाई छ । आफु संग विवाह भएको जानकारी पाए पछि पहिले चन्डीगडमा बेच्ने व्यक्ति फेरी गएर अर्का संग वेचिदिएको उनको साथमा संगै आएका उनका लोग्ने जीवन सिंहले वताए ।
चरम मानसिक तथा शारिरीक यातनावाट मानसिक सन्तुलन नै गुमाई सकेकी आफ्नी श्रीमतिलाई पाउन आफुले भारतिय प्रहरीको सहयोग लिएको जीवन सिंह वताउदै भने्,“ प्रहरी सहयोगमा मैले अर्को ठाउमा वेचिएकी श्रीमतिलाई फेरी पाउन सफल भए, विवाह गरेको आज १९ बर्ष विति सकेको छ हामी लोग्ने स्वास्नी संगै छौं ।” हाम्रो सन्तानका रुपमा ४ वटा जन्मिएर पनि वचाउन नसकेको सिंहले देख व्यक्त गरे ।
उनको मासिक सन्तुलन ठिक ठाउँमा नभए पनि २० बर्ष पछि आफ्ना आमा, बुवा, दाजु, भाईलाई सम्झेर लोग्नेलाई साथमै ल्याएर नेपाल फर्किएकी छन् । २० बर्षको अन्तराल पछि आफ्नो घरको खोजीमा नेपाल आएकी राज कुमारीलाई जाजरकोट जिल्ला प्रहरी कार्यालयले उनलाई घर सम्म पुर्याउन सहयोग गर्ने जानकारी दिएको छ ।