हिमपातमा पनि डोल्पा दुनैमा खाद्यन्न वितरण रोकिएन्

रुपलाल बोहोरा
पुष १८ डोल्पा । यस बर्ष मंसिरमा नै हिमपात भए पछि डोल्पा जिल्लाको जनजिवन निकै नै प्रभावित भएको छ । पुष महिनाको गत विहिबार देखि माथिल्लो डोल्पाका साथै सदरमुककामा भारी बर्षा संगै हिमपात हुन शुरु भएको छ ।

शुक्रबार दिनभर परेको पानीको प्रवाह नगरि नेपाल खाद्य संस्थान शाखा कार्यालय डोल्पाले  चामल वितरण कार्य रोकेन । जिल्लामा खाद्येन्नको अभावले जनताको माग वढेपछि नेपाल खाद्य संस्थान शाखा कार्यालयले भारी बर्षातको मौसममा पनि चामल वितरण गरेको हो ।

घरमा चामल अभाव भएपछि चामलको लागी त्रीपुराकोट ८ रसीकी ७१ बर्षिया चम्मकली रोकाया जाडो मौसमको चिसो लाई सहेर पनि चामल वितरणको लाईनमा  बस्नु परेको र आफु जस्तै थुप्रैले लाईनमा बस्नु पर्ने बाध्यता भएको वुद्ध रोकायाको भनाई छ ।

शाखा कार्यालय डोल्पाले पुष १३ गते बाट २ महिनाको खाद्ये चामल ५ दिनको लागी वितरण कार्य  गरेको हो । जिल्लाका सदरमुकाम दुनै, शहरतारा, लावन, रह, त्रीपुराकोट गाविसहरुका स्थानिय ुबासीहरु सदरमुकाममा  आएका छन् । सदरमुकाममै खाद्ये को यस्तो अभाव छ भने सदरमुकाम भन्दा वाहीर अन्य गाउँमा रहेका खाद्ये डिपोहरुमा ठेक्काद्धारा वितरण हुन्छ ।

एक पटक वितरण गरिने चामलम पर व्यक्तिले कती पाउछौ भन्ने पनि स्थानिय बासीहरुलाई  थाहा छैन । खाद्ये अभावले सिंगै डोल्पा जिल्ला पहिलेकै स्थानमा भएको हाल सम्म कुनै सुधार आउन नसकेको भन्दै स्थानियहरुले गुनासो पोखी रहेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।