दिप बहादुर घर्ति
खलंगा ९ को भुन्या गुफाको लम्वाई झण्डै ७० मिटर रहेको छ । यस गुफामा सिद्धशाहीकुवारी देवताको वास स्थान भएको स्थानिय कैलास चनारा वताउछन । उनीले उक्त भुन्या गुफाको अहिले सम्म कुनै चर्चापरिचर्चा नभएकोमा गुनासो व्यक्त गरे । गर्मीयाममा पनि भुन्या गुफा भित्रवाटै आउने पानी प्युदा जोकोहीलाई पनि कम्ति आनन्द आउदैन । उक्त गुफाको पानी बाह्रै महिना प्युने ९ घरधुरी संख्या रहेको छ ।
जाजरकोट । जिल्लाका विभिन्न पाँच ठाउँमा पर्यटकहरुको मनै लोभ्याउने आकर्षित ५ वटा गुफाहरु रहेका छन । उक्त सवै गुफाहरुको पहिचान पहिले नै भैसकेता पनि चर्चामा भने आउन सकिरहेका छैनन् ।
विभिन्न ठाउँमा रहेका गुफाहरुमा दशेरा गाविस फाल्माको बाङकोट गुफा, डाडाँगाउँ छेप्काको त्रिवेणाी गुफा, खलंगा गाविस ५ को साङट गुफा– ९ को भुन्या गुफा र ८ को मैदेमा बौद्धचमेरे गुफा रहेका छन ।
सबै भन्दा ठुला र आकर्षित मध्यका ३ वटा गुफाहरु खलंंगा गाविसमै पर्दछन । खलंगा ५ को साङट गुफाको लम्वाई झण्डै ९० मिटर लामो रहेको छ । उक्त साङट गुफा श्रद्धालु भक्तजनहरुका लागी निकै उपयुक्त गुफा मानिन्छ । त्यस गुफामा सिद्ध शिव भगवानको वास स्थान भएको भन्ने धार्मिक मान्यता रहेको त्यहाका भक्तजनहरुको भनाई छ । भक्तजनहरु वेलावेलामा गुफामा गएर पुजा गर्ने गर्दछन ।
![](https://hellokhabar.com/wp-content/uploads/2014/12/13.jpg)
खलंगा ८ मैदेमा रहेको बौद्धचमेरे गुफाको लम्वाई झण्डै ६० मिटर रहेको छ । उक्त बौद्धचमेरे गुफालाई तिव्वतवाट लामाहरु भारततिर भाग्ने क्रममा वौद्ध मन्दिरका रुपमा पुजाआजा गर्ने गरेको स्थानिय झिपे कामी वताउछन । लामाहरु भाग्दाभाग्दै त्यहा आएर पुजा गर्दा ७ माना सातु खाएर पुजा गर्ने भएको हुदा ७ माने गुफा पनि भनिन्छ कामीले भने ।
खलंगा गाविसमा पर्ने ३ वटै गुफा भित्र स्तनधारी चमेराको वासस्थान रहेका छन । चमेराहरुको ठुलो वथानको अध्यारो गुफा भित्र कहिले सल्ली सुसाए जस्तो आवाज आउने त कहिले कराएको कर्याङकुरिङ आवाजको संगितले दिने आनन्द वेग्लै खालको छ । रुन ढुङ्गाद्धारा आफै वनेका आकर्षक आकृतिहरु जति हेर्दा पनि झन हेर्न मन लाग्ने खाल्का रहेका छन । साङट र भुन्या गुफावाट बाह्रै महिना भित्रवाटै बगीरहने पानीको मुहानमा गरेलाहरु दौडीरहेको रोचक दृष्यहरु देख्न पाईन्छ ।
सवैठाउँमा भएका विशेष गरि खलंगा गाविसमा रहेका ३ वटै गुफाहरु जिल्लाकै महत्वपूर्ण सम्पति भएको हुदा गुफाहरुको संरक्षण र विकास गर्न जरुरी भएको नेकपा–माओवादी का जिल्ला सेक्रेटरी ढकवीर रानाले वताए । उक्त गुफाहरुको संरक्षण र विकासका लागि तत्काल राजनैतिक तहमा निर्णय गरि पर्यटन मार्गहरु निर्माण गर्नु पर्छ सेक्रेटरी रानाले भने ।
Comments