पुस । संविधान जारी गनुपर्ने निर्धारित समय आउन ठिक एक महिना बाँकी रहँदा माघ ८ मा संविधान जारी नहुने लगभग पक्कापक्की जस्तै बनेको छ ।
सत्तारुढ दल पेलेर जाने नीतिमा देखिनु र प्रतिपक्षी दल जस्तोसुकै प्रतिकार गर्न तयार देखिनुले माघ ८ मा संविधान नआउने पक्कापक्की जस्तै देखिएको छ । एमाओवादी नेतृत्वमा रहेको प्रतिपक्षी दलहरुले आमहडतालसम्मका आन्दोलन घोषणा गर्नुले पनि संविधान नआउने देखिएको छ ।
अर्कातर्फ, संविधान जारी हुने दिन नजिकै जाँदा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच द्धन्द्ध बढ्नुले संविधान नआउनेमा थप टेवा थपेको छ । ओलीले त मंगलबारका लागि तय गरिएको चार दलको बैठक नै बहिस्कार समेत गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी र मधेशवादी दलको संयुक्त बैठक एमाले अध्यक्ष ओली नआएपछि स्थगित हुन पुग्यो । संयुक्त बैठक नै बहिस्कार गरेर अन्यत्र हिड्नुले पनि अब विवादित विषयमा सहमति जुट्ने सम्भावना कम देखिएको छ ।
सभाषद समेत रहेका नेपाली कांग्रेसका युवा नेता गगन थापाले त माघ ८ मा संविधान आउँछ भनेर अब जनतालाई ढाट्न नहुने भनेर सार्वजनिक रुपमा नै अभिव्यक्ति समेत दिईसकेका छन् ।
सत्तारुढ दलले दुई तिहाईका आधार प्रक्रियाबाट भए पनि संविधान जारी गर्ने बताईरहेका छन् । तर, कानुनी रुपमा यसमा पनि अड्चन नै अड्चन रहेकाले यो समेत सम्भव भने देखिदैन । 
संवैधानिक संवाद समिति सभापतिमा एमाओवादी नेता बाबुराम भट्टराई रहेकाले कांग्रेस एमालेले उनलाई के आधारमा र कसरी हटाएर प्रक्रिया अगाडी बढाउने भन्ने कुनै बाटो नभएकाले पनि प्रक्रियाबाट पनि संविधान आउने देखिन्न ।
कांग्रेस एमाले बलजस्ती प्रक्रियामा गएमा पनि सोही पार्टीका जनजाती सभाषदहरु उनका विपक्षीमा देखिने र मधेसी दल, एमाओवादी, नेकपा माओवादी लगायतले सदन बाहिर आगो बाल्ने देखिएकाले कांग्रेस एमालेले त्यतिसम्म हिम्मत गर्ने देखिन्न । यस्तै कारण माघ ८ मा भने संविधान नआउने पक्कापक्की जस्तै देखिन्छ । यद्यपी, त्यसपछि के गर्ने भन्नेमा पनि दलहरु अन्यौलमा छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।