राजविराज, ३ पुस । केही दिनयता अत्यधिक चिसो र शीतलहरका कारण तराईको जनजीवन अस्तव्यस्त भएको समयमा पछिल्लो पटक सप्तरीमा कठ्याङ्ग्रिएर एकजना वृद्धको मृत्यु भएको छ ।

मृत्यु हनेमा जिल्लाको बनैनिगा गाविस–२ निवासी ७० वर्षीय चनदेश्वर खंग रहेको प्रहरीले जनाएको छ ।

खंगको राति आफ्नो घर जाने क्रममा अचानक अत्यधिक शीतलहरका कारण चिसो लागेपछि कठ्याङ्ग्रिएर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।