पौष २६ काठमाडौँ
अदालतको मानहानी गरेको आरोपमा पक्राउ परेका प्रा. डा. गोविन्द केसी सामान्य तारिखमा रिहा भएका छन् । सर्वाेच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीका दुबै नागरिकता र शैक्षिक प्रमाणपत्रका प्रतिलिपिहरु झिकाउन आदेश दिएको छ । केसीविरुद्धको मुद्दामा भएको सुनुवाइपछि सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले केसीले बयानका क्रममा ‘अदालत र न्यायाधीशप्रति सम्मान रहेको’ भनाइ राखेको भन्दै तत्कालका लागि साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।
न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले बुधबार प्रधानन्यायाधीश पराजुलीका नाममा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुबै नागरिकताको प्रतिलिपि र न्याय परिषदबाट उमेरबारे भएको निर्णय एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरु झिकाउन आदेश दिएको हो । रिहा भए लगत्तै प्रधान न्यायाधीशको राजीनामा माग गर्दै डा. केसीले शिक्षण अस्पताल महाराजगञ्जमा अनसन सुरु गरेका छन्।
डा. केसीले वयानका क्रममा पराजुलीको दुईवटा नागरिकता रहेका र एसएलसी पास भए नभएको शंका भएको बताएका थिए।डा.केसीले इजलासमा उपस्थित भएर पनि त्यही अडान राखे ।साथै प्रधानन्यायाधीश पराजुलीसहितको इजलासले आईओएमको डीनमा डा. शशी शर्मालाई पुनर्वहाली गर्न दिएको आदेशको मिासिल पनि झिकाउन सर्वोच्चको आदेशमा उल्लेख छ । रिहाईपछि डा.केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजिनामाको मागसहित पुनः त्रिवि शिक्षण अस्पतालमा सत्याग्रह सुरु गरेका हुन्।
Comments







