पौष २६ काठमाडौँ
अदालतको मानहानी गरेको आरोपमा सोमबार पक्राउ परेका डा केसीलाई सर्वोच्चले सामान्य तारिखमा 
सर्वोच्च अदालतले डा.गोविन्द केसीलाई साधारण तारिखमा रिहा गरेको छ । न्यायधीशहरु बमकुमार श्रेष्ठ र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सो आदेश दिएको हो ।  
साथै अदालतले प्रधानन्यायधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रहरुको विषयमा समेत जिल्ला प्रशासन कार्यालयमा बुझ्न भनिएको छ ।
आदेशमा डा.शशी शर्माको मुद्धाबारे सर्वोच्चबाटै मिसिल झिकाएर अध्ययन गर्ने जनाइएको छ । 

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।