मंसिर १० । राजधानीमा जारी १८ औं सार्क शिखर सम्मेलनलाई प्रभावित पार्ने गरी गतिविधि गर्ने सिके राउतका समर्थक पक्राउ परेका छन् । 
सार्क सुरक्षालाई चुनौती दिँदै आमसभा गर्न भनेर भेला भएपछि उनीहरु पक्राउ परेका हुन् ।
स्वतन्त्र मधेश अभियन्ता सिके राउतद्धारा आज टुँडिखेलमा आमसभा गर्ने भन्दै उनका कार्यकर्ताहरु तयारीका लागि सुन्धारामा जम्मा भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
सार्कका बेला सर्वसाधरण समेत सडकमा हिड्न कडाई गरिएको बेला सिके राउतले भने चर्चामा आउन यस्तो गरेको टिप्पणी गरिएको छ ।
नेपालबाट मधेसलाई अलग गर्नुपर्ने अभियान चलाएको आरोपमा राज्य विप्लवको मुद्दा खेपिरहेका राउत विशेष अदालतमा ५० हजार रुपैया धरौटी बुझाएर सोमबार रिहा भएका थिए।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।