
मध्यपश्चिम यातायात व्यवसायी समितिद्धारा सञ्चालित बस सदरमुकाम देखि झण्डै २४ किलो मिटरको दुरीमा पर्ने भुर गाविसको रावतगाउँ नजिकको भिरवाट खसेर भेरी नदीमा हराएको हो । जाजरकोट सदरमुकामवाट ३७ जना यात्रु लिएर गएको वसमा विच–विचमा अन्य यात्रुहरु पनि थपिएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

घाईते हुनेहरुमा डाडाागाउँका लक्ष्मी वुढा, तिलक पुन,गोपाल रोकाय, दाङ्ग पन्चकुलेका भीम बहादुर चन्द, बाँके टिटरीयाका पदमराज पुरी, विमला रोकाय, सुर्खेत जहरेका मोतिलाल डाँगी, जाजरकोट खलंगा ३ की सर्मिला वली, भुर ८ का दिपक शाही र जिल्ला प्रहरी कार्यालयका सहयोगी देवबहादुर थापा रहेका छन ।


यति ठुलो बस दुर्घटना भएको जाजरकोटको लागि पहिलो हो । घटना स्थलमा उद्धारका लागी लाईफ जकेट सहित नेपाल आर्मी र नेपाल प्रहरी परिचालन गरिएको छ ।
नदीमा खसेको बस अहिले सम्म पत्ता नलागेको प्रहरीले बताएको छ । काठमाण्डौंवाट नेपाली सेनाको हेलिकप्टरमा अवेर गरि ल्याईएका गोताखोरहरुले पनि बस पत्ता लगाउन सकिरहेका छैनन् । नदी गहिरो भएकाले विहिबार उद्धार गर्न नसकिएको र शुक्रबार सम्म बस तथा लास निकाल्न सकिने प्रहरीले बताएको छ ।
Comments