डडेल्धुरा, २९ कात्तिक । राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीन दलीय सिन्डीकेटका कारण संविधान नबन्ने खतरा बढेको बताएका छन् ।
 
सनातन धर्म सापेक्ष मुलुक निर्माणका लागि राप्रपा नेपालले थालेको अभियानका क्रममा डडेल्धुरा पुगेका अध्यक्ष थापाले आज बिहान डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।

मुख्य तीन दलले संविधानसभालाई लाचार बनाएका कारण संविधान निर्माण प्रक्रियामा अवरोध सिर्जना भइरहेको अध्यक्ष थापाको दाबी छ । “संविधान सभा र जनतालाई बन्धक बनाइएको छ” अध्यक्ष थापाले भने, “संविधानसभामा प्रक्रियामा जान दिने हो भने संविधान जारी हुन समय लाग्दैन ।”

विवादित विषयहरु संविधानसभाबाटै टुङ्ग्याउनुपर्ने कुरामा जोड दिँदै अध्यक्ष थापाले सहमतिका नाममा सत्ताको मोलमोलाई भइरहेको उल्लेख गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।