दमौली, २४ कात्तिक । चालु आर्थिक वर्षको चार महिनामा तनहुँमा मापसे चेक जाँचमा १०८ जनालाई कारबाही गर्दा रु एक लाख आठ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

साउनमा २२, भदौमा २०, असोजमा २५ र कात्तिक महिनाको हालसम्म २१ जनालाई कारबाही गर्दा उक्त रकम राजस्व सङ्कलन भएको हो ।

कारबाहीमा परेकाहरूलाई प्रतिव्यक्ति रु एक हजारका दरले जरिवाना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका इन्चार्ज मुनेन्द्र थापाले बताए ।

उनले दैनिक रूपमा चेकजाँच कार्यलाई तीव्र पारिएको उल्लेख गरे । हेलमेट नलगाउने, मोटरसाइकलमा दुईभन्दा बढी चढाउने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिँदै आएको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।