पर्वत २१ कात्तिक । विद्यालय बिदा भएको समयलाई सदुपयोग गर्न अधिकांश किशोरकिशोरी नया“ ठाउ“ घुम्ने, नातेदारको घरमा जाने गर्दछन् । तर, पर्वतको एक गाउ“का किशोरीले भने बिदाका दिनलाई सदुपयोग गरेर बिग्रिएको बाटो मर्मत गरेका छन् । 
जिल्लाको मुडिकुवा गाविसको वडा नं ६ र ९ का १७ जना किशोरीले तिहार बिदालाई सदुपयोग गर्दै करिब दुई किलोमिटर घोडेटो बाटो मर्मत गरेका हुन् । किशोरीको सक्रियतामा गठित सङ्गम युवा महिला समूहमा आबद्ध किशोरीले यो काम गरेका हुन् । 
“गाउ“मा युवायुवती खासै छैनन्, भएका पनि तिहारका बेला तासकै खालमा व्यस्त छन्,” समूहकी अध्यक्ष दिनाकुमारी लामिछानेले भनिन्, “बिदाको समय के गर्ने भनेर हाम्रो समूहले सल्लाह गर्दा सबैले बाटो मर्मत गर्ने भनेपछि बाटो बनाउन सुरु गरेका हौँ ।” 
सत्रजना किशोरीले पा“च दिनसम्म लगाएर मुडिकुवाको डिलदेखि मोदीबेनीसम्मको बाटो मर्मत गरिसकेका छन् । “अब बिदा परेका बेला मोदीबेनीदेखि घोइनेउलासम्म पनि मर्मत गर्ने निर्णय गरेका छौँ” – लामिछानेले भनिन् । 
मुडिकुवा–मोदीबेनी र घोइनेउला–मोदीबेनीको बाटो मुडिकुवा, शङ्करपोखरी, देवीस्थान, खानीगाउ“लगायत एक दर्जन बढी गाविसका मृतकको अन्त्येष्टि गर्दा कालीगण्डकी घाटमा जाने मार्ग हुन् । “घाटमा जाँदा कति मलामीलाई समस्या परेको हाम्रा आ“खाले देख्यौें,” समूहकी सचिव मुना नेपालीले भनिन्– “अप्ठ्यारो बाटो हिँडेको टुलुटुलु हेरेर बस्न सकिएन, हामी साना भए पनि सबै समुदायलाई भलो हुने काम गरौँ भनेर बाटो मर्मत गरेका हौँ ।” 
समूहमा कक्षा ८ देखि बिएसम्म अध्ययन गर्ने किशोरी आबद्ध छन् । किशोरीले बाटाको दुवै छेउको झाडी पन्छाउने र बिग्रिएको ठाउँमा मर्मत गरेका छन् । 
स्थानीय मोदीबेनी सामुदायिक वनक्षेत्रमा पर्ने दुवै बाटा मर्मत गर्ने सामुदायिक वनले निर्णय गरेको थियो । दसैँअघि नै बाटो मर्मत गर्ने गरी निर्णय भए पनि दसैँ सकिएको लामो समयसम्म मर्मत नभएपछि किशोरी आफैँ मर्मतमा जुटेका हुन् । 
क्लबमा आबद्ध १४ देखि २४ वर्षसम्मका किशोरीले गरेको सामाजिक काम जिल्लाकै नमुना भएको स्थानीय जनताले बताएका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।