इलाम, १९ कात्तिक । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौता र बाह्रबुँदे सम्झौताको क्षेत्रभित्र रहेर संविधान बनाउनुपर्नेमा अङ्कगणितकै भरमा मात्र संविधान लेख्ने प्रयास गर्नु गम्भीर गल्ती भएको बताएका छन् ।
सूर्योदय नगरपालिकाको फिक्कलमा आज आयोजित पत्रकार भेटघाटमा उनले  दाहालले काँग्रेस एमालेले ल्याएको सात प्रदेशको प्रस्तावमा गणतन्त्र सङ्घीयतालगायत भाव नभएको जिकिर गरे ।
 राज्य पुनःसंरचनामा पहिला एक हिसाबबाट सहमतिको नजिक पुगेको १० वा ११ प्रदेशको प्रस्तावको सेरोफेरोमा सहमति गर्न उपयुक्त हुने बताउँदै उनले एकल र बहुपहिचान भन्ने सवाल ठूलो कुरा होइन भने । संवाद समितिले सहमतिको प्रयास जारी राखेको बताउँदै उनले माघ ८ मै संविधान पाउने आस भने मरि सकेको छैन भने ।
पत्रकार सम्मेलनमा मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले ‘एक मधेस एक प्रदेश’का पक्षमा आफूहरू नरहेको बताउँदै  मधेसका भूभागलाई पहाडसँगै मिसाएर प्रदेश विभाजन गर्दा आफूहरूलाई आपत्ति नहुने स्पष्ट गरे ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।