पौष २५ काठमाडौँ
निमा लामा तामाङको निर्देशनमा बनेको फिल्म ‘दोषी को? ‘को ‘शिरफूल शिरै’मा गीत सार्वजनिक भएको छ। निर्माता गोपी अधिकारीको शब्द ,संगीत तथा गायिका मेलिना राईको स्वर रहेको ‘शिरफूल शिरै’मा बोलको गीत भिडियोसहित युट्‍युबमा रिलिज भएको हो।

 गीतको भिडियो कोरियोग्राफी रमेश रेग्मीले गरेका हुन्। फिल्मको कथा र पटकथा थापाले लेखेका हुन्। सुवास नेपाली, करण थापा, सपना लामा, नेहा गौतम, रमेश रेग्मी, मिठु आले,रबिना थापालगायतका नव कलाकारको अभिनय रहेको छ।

फिल्मको पहिला  विदेशमा विशेष सो गरेपछि मात्रै नेपालका हलमा प्रदर्शन गर्ने जानकारी निर्माता गोपीले दिए। 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।