कात्तिक १४ । मोरङ बयरवन– ६ की ललिता चौधरीलाई सौतेनी सासूले घर निकाला गरेपछि माइतीको शरणमा पुग्न बाध्य भएकी छिन् ।

श्रीमान् वैदेशिक रोजगारीमा गएको मौका पारेर सासू र नन्दले रकममा ‘चलखेल गर्ने’ उद्देश्यले ३४ वर्षीया ललितालाई निकालेको पीडितको आरोप छ ।

दुई सन्तानकी आमा ललितालाई सौतेनी सासू र नन्दले दुव्र्यवहार गर्ने र ज्यान मार्ने योजनासमेत बनाएको थाहा पाएको भन्दै छरछिमेकीलाई सुनाएकी थिइन् ।

हाल सुनसरीको एकम्बास्थित माइतीको शरणमा बसिरहेकी ललिताका दुई सन्तानसँग समेत भेट गर्न दिइएको छैन । उनले आफ्ना सन्तानसँग भेट गर्न पाउनुपर्ने बताएकी छिन् ।

ललिताले आफूलाई घरमा स–सम्मान पुनःस्थापना गर्न मानव अधिकार आयोग, इन्सेक, र सम्बन्धित निकायसँग आग्रह गरेकी छिन् । फोटो: स्केच

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।