कात्तिक १२ । मलेसियामा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ अन्तर्गत मलेसियालाई ३६ रनले हराउँदै नेपाल नेपाल डिभिजन २ मा बढुवा भएको छ ।
प्रतियोगिताको आफ्नो ५ औं खेलमा नेपाल डीएल मेथडको आधारमा मलेसियाविरुद्ध ३६ रनले विजयी भएको हो ।
डिफेन्डिङ च्याम्पियन नेपालले फाइनलमा युगाण्डासँग खेल्नेछ । अघिल्लो पटक पनि दुवै टोलीले फाइनल खेलेका थिए ।
प्रतियोगिताको शीर्ष दुई टिम डिभिजन २ मा बढूवा हुने नियम छ । समान ८ अंक भए पनि रनरेटको आधारमा नेपाल शीर्ष स्थानमा छ ।
कप्तान पारस खड्काले जितको लागि चार महत्वपूर्ण विकेट लिए । उनी नै म्याच अफ दि म्यान समेत घोषित भए ।
टस जितेर फिल्डिङ राजेको नेपाललाई मलेसियाले १४३ रनको लक्ष्य दिएको थियो । ४३ ओभर ३ बल खेल्दै मलेसियाली खेलाडी अल आउट भए । मलेसियाका सबै व्याट्सम्यान क्याच आउट भएका थिए ।
लक्ष्य पछ्याएको नेपालले २५ औं ओभर सकिंदा २ विकेटको क्षतिमा ८९ रन बनाएको थियो । त्यसपछि वर्षाका कारण खेल रद्ध हुन पुगेको थियो ।