काठमाडौं, कात्तिक ११  ।   १८ औं शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्थलमार्गबाट नेपाल आउने भएका छन।     सम्बन्धीत स्रोतका अनुसार   प्रधानमन्त्री मोदी पटनाबाट स्थलमार्ग हुँदै नेपालको जनकपुर प्रवेश गर्नेछन । मोदी सठक मार्गबाट नेपाल आउने चर्चा भएपछि नेपाल सरकारले नेपाल–भारत सीमा भिट्टामोडबाट जनकपुरसम्मको १९ किलोमिटर सडकको मर्मत गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलार्इ निर्देशन दिएको छ । नेपाल भारत सीमाना रहेको सो स्थानबाट जनकपुर आइपुग्न करीब ४ घण्टामा लाग्छ । 
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले सार्क सम्मेलनमा भाग लिन आउँदा भारतीय प्रधानमन्त्री स्थलमार्गबाट नेपाल प्रवेश गर्नसक्ने भन्ने सूचना मन्त्रालयलाई प्राप्त भएको जानकारी दिए ।   सचिव सिटौलाले भने, ‘‘भारतीय प्रधानमन्त्री मोदी स्थलमार्गबाट नेपाल प्रवेश गर्ने वा काठमाडौँ आएर जनकपुर जाने दुईवटै सम्भावना रहेको छ । सचिव सिटौलाले प्राप्त सूचना र तथ्यहरूका आधारमा भिट्टामोड–जनकपुर सडक खण्डको मर्मत गर्ने कार्यमा सडक विभाग  लागि परेको र केही दिनभित्रै सुरु गरिने बताए ।  गत साउनमा नेपाल भ्रमण  गरेका भारतीय प्रम मोदीले सार्क सम्मेलनमा आउँदा जनकपुरको भ्रमण गर्ने बताएका थिए ।  
(रासस)
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।