कात्तिक ७ । नेपालले बर्मुडालाई ८ विकेटले पराजित गरेको छ । मलेसियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’ प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले विजय हासिल गरेको हो ।
बर्मुडा ४० ओभर १ बलमा अलआउट हुँदै १०० रनमा सिमित हुन पुग्यो । जसमा शक्ति गौचन, बसन्त रेग्मी र अमृत भट्टराईले समान २–२ विकेट लिए । त्यसैगरी, सोमपाल कामी र सागर पुनले १–१ विकेट लिए ।
जवाफमा नेपालले ११ ओभर १ बलमा २ विकेट गुमाएर विजय हासिल ग¥यो । विनोद भण्डारीले ३१ बलमा अविजित रहँदै ४३ तथा सुवास खकुरेलले २२ बलमा ३० रन बनाए ।
यसअघिको पहिलो खेलमा युगान्डासँग २० रनले पराजित भएको थियो ।
अब तेस्रो खेलमा नेपालले आइतबार सिंगापुरको सामना गर्नेछ ।
Comments