कात्तिक ५ । खोटाङका भुवन रोकाले जापानमा वेस्ट टिचर अवार्ड २०१३/१४ पाएका छन् । खोटाङमा जन्मिएका भुवन २०५६ सालबाट राजधानी काठमाडौ आएर रोजगारीका रुपमा विभिन्न बोर्डिङ स्कुलमा अध्यापनका रुपमा संलग्न भएका थिए । अध्यापनकै क्रममा उनी संस्थागत बिद्यालय शिक्षक युनियनको काठमाडौं उपाध्यक्ष समेत भएका थिए ।

अग्रेजीमा एम एड अध्ययन पछी बानेश्वरस्थित अरुण दीप हाई स्कुल र माउन्ट सेनाई हाई स्कुलमा सन्थापक प्रिन्सिपल समेत रहेर करिब उनले ५ वर्ष बिताएका थिए ।

सन् २०११ को डिसेम्बरमा टोकियो अन्तर्गत शिनोकुबोको सामु ल्यांगवेज स्कुल मा विद्यार्थी भिसामा उनी जापान पुगेका हुन् । जापान पुगेको २ महिनामा नै एक स्कुलमा अन्तरवार्तााका लागि गएको उनी बताउँछन् । जापानमा अंग्रेज़ी पढाउने पेसा पाउन र पढाउन सोचे जति सजिलो नभएको उनी अनुभव सुनाउँछन् । ‘

एक त जापानमा अंग्रेज़ी पढाउन नेटीभ नै खोज्छन् अर्कों त भाषाको कमिले पनि समस्या पुर्याउछ उनी भन्छन् । जापानमा मेरो सबै कुरा राम्रो हुदाहुदै पनि फ़ाइनल अन्तरवार्तामा भाषाको कमीले नछानिएपनि एक बर्ष सम्म पार्ट टाईम जब गरेको उनी बताउँछन् ।

यद्यपी हिम्मत हारेको थिईन त्यसैले त्यो बिचमा बिभिन्न साईटबाट अंग्रेज़ी शिक्षकको रिक्त स्थान देख्ने बितीकै निवेदन पठाईरहेको गरेको उनी बताउँछन् ।

उक्त स्कुलले Preschool course, Elementary course, Junior High School course र Adult course संचालन गर्दै आएको छ। जसमा भुवनले सबै स्तरका courses पढाउदै आएका छन् ।

उक्त कम्पनीमा लगभग १३०० जना काम गर्छन् । जसमध्ये ईंग्लिश पढाउन ४५० जना बिदेशी शिक्षकहरु छन । टोकियो आसपासको क्षेत्र वा कान्तो क्षेत्रमा मात्र १५० जना जती बिदेशीहरु ईंग्लिश पढाउछन् उक्त स्कुलमा । धेरै शिक्षकहरु ईंग्लिश मुल्क अस्ट्रेलिया, अमेरिका, क्यानाडा, न्युजील्याण्ड, वेलायतका छन भने केही अरु देशका पनि छन जस्मध्ये एक हुन भुवन । उनै भुवनले कान्तो क्षेत्रबाट १५० बिदेशी शिक्षक मध्ये उत्कृष्ट शिक्षकको अवार्ड पाएका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।