काठमांडाैं ५ कार्तिक । संविधानका विवादित विषयमा सहमति गर्न भनी गोकर्ण पुगेका प्रमुख तीन दलका नेताहरु आज पनि सहमति नगरी रित्तोहात फर्केका छन् ।

संघीयताको विषयमा दलहरु आ–आफ्नो अडानमा रहेपछि अर्को बैठक ९ गते बस्ने निर्णय गरी नेताहरु फर्केका हुन् ।

दुई दिन सम्म लगातार गोकर्ण धाएर बिना उपलब्धी फर्केका दलका नेताले विषयबस्तुमाथि गम्भीर छलफल भएको तर सहमति हुन बाँकी रहेको.भन्ने रटान पुनः दोहो¥याए छन ।

गोकर्ण स्थित भिलेज रिसोर्टमा मङ्गलबार देखिनै बैठक गर्ने भन्दै नेताहरु लागि परेका भएपनि मङ्गलबार सबै नेता जम्मा हुँदा खेरी साँझ परिसकेको हुनाले समान्य अनौपचारिक कुराकानी मात्रै गरेर फर्केका थिए ।

मंगलबार विहानदेखि तीन दलका नेताहरु गोकर्ण पुगेर पुन छलफलमा जुटेका थिए । छलफलका क्रममा शीर्षनेताहरुका बीचमा संविधानमा सहमति कायम हुन बाँकी रहेका विषयहरुः राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणाली, यी विषयमा गम्भीर ढंगले कुराकानी  भएको स्रोतले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।