काठमाडौं, असोज २९ –आइसीसी डिभिजन थ्री क्रिकेट प्रतियोगिताको पुर्वसंन्ध्यामा तयारीका लागि अभ्यास खेल खेल्न श्रीलङ्का पुगेको नेपाली क्रिकेट टोली अभ्यास खेलमा श्रीलंकाको पोर्ट अथोरिटि क्लबसँग ७४ रनले पराजित भएको छ ।
१ सय ५४ रनको लक्ष्य पछ्याएको नेपाल २५ ओभरमा ७९ रनमा अलआउट हुँदै ७४ रनले पराजित भएको हो । उपकप्तान ज्ञानेन्द्र मल्लले २३ रनको बनाउनुबाहेक नेपालका अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंका पोर्ट अथोरिटिले ४३ ओभरमा १ सय ५३ रन बनाएको थियो । बसन्त रेग्मीले ४ विकेट लिए । नेपालले दोश्रो अभ्यास खेलमा भोलि कम्बाइन इलेभेन र कात्तिक २ गते कोल्ट क्रिकेट क्लबसँग खेल्नेछ । ९ दिनपछि मलेसियामा सुरु हुने डिभिजन थ्री मा नेपालले मलेसिया, अमेरिका, बर्मुडा, युगाण्डा र सिंगापुरसँग खेल्दैछ ।
Comments




