काठमांडाै, असोज ३० । शासकीय स्वरुपका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा अडान लिएको एमाओवादीले आफ्नो अन्तिम वटमलाइन फ्रेञ्च मोडलको शासकीय स्वरुप भएको जानकारी दिएको छ ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको विहीबार बसेको बैठक पश्चात एमाओवादी अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन । त्यसै गरी एमाओवादीले राखेको बहुसदस्य प्रत्यक्ष पूर्णसमानुपातिक निर्वाचन प्रणलीमा सहमति नभए मिश्रित प्रणली सम्म सहमति गर्नसक्ने र १० प्रदेशको आफ्नो प्रस्ताब पुन दोहो¥याउने पनि जनाएको छ ।
यस अधि पहिलो संविधानसभामा फ्रेञ्च मोडलको सासकीय स्वरुपमा जानेमा लगभग सहमति भएको थियो ।
कस्तो हो फ्रेञ्च मोडल ?
शासकीय स्वरुप अन्तर्गत युरोपेली राष्ट्र फ्रान्समा विद्यमान व्यवस्थालाई राष्ट्रपतीय प्रणली र संसदीय प्रणली दुबैको मिश्रण भएको बीचको व्यवस्था मानिन्छ ।
राष्ट्रपति जनताबाट प्रत्यक्ष निर्वाचित हुने ,यसरी निर्वाचित राष्ट्रपतिले नै प्रधानमन्त्री र अन्य मन्त्रीको चयन गर्ने। राज्यका दैनिक कामकाज र गतिविधि प्रधानमन्त्रीले सञ्चालन गर्नेछन भने अन्य दीर्घकालीन महत्वका अधिकारहरु राष्ट्रपतिमा कायम रहने छ तर व्यवस्थापिका को बहुमतले राष्ट्रपतिलाई हटाउन सक्ने प्रावधान फ्रान्सको संविधानमा छ ।
आज बसेको बैठकमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले प्रदेशहरु धेरै बनाउन नहुने बताए । एमाले नेता माधवकुमार नेपालले ७ प्रदेशको अवधारणा प्रस्तुत गरेका थिए । नेताहरुले आज दिनभर सहमतिको प्रयास गर्ने बताएका थिए ।
तीन दलका शीर्ष नेताहरुले बोलेपछि बैठक भोली पुःन बस्ने निर्णय गरी स्थगित भयो ।
Comments