इबोलाग्रस्त मुलुकबाट १३० प्रहरी नेपाल फर्कँदै, २ हप्ता निगरानीमा राखिने

काठमाडाै, असोज २९ – अफ्रिकी मुलुकमा मात्रै नभइ विश्वभरिनै इबोलाको त्रास फैलिकाे बेला संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा गएका १३० जना सशस्त्र प्रहरी आज इबोलाग्रस्त क्षेत्र लाइबेरीयाबाट नेपाल आउने भएका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरीले इबोला भए नभएको विषयमा अनुसन्धानको लागि २ हप्तासम्म राजधानीबाहिर ककनी तालिम केन्द्रमा चिकित्सकहरुको टोलीको निगरानीमा राख्ने जनाइएको छ ।

 उनीहरुलाई चिकित्सकको टोलीले ईबोला भाइरस नभएको प्रमाणीत भएपछि मात्रै आफन्त भेटघाट तथा अन्य प्रहरी कर्मचारी सरह खटाइने जानकारी दिए । विगतमा मिसनबाट आएका सशस्त्र प्रहरीलाई सिधै सशस्त्र प्रहरी हेडक्वाटरमा प्रस्थान गराइने गरिएको थियो । तर, यसपटक भने लाईबेरिया इबोला संकटग्रस्त क्षेत्र घोषणा भएपछि सो ठाउँबाट आउन लागेका टोलीलाई ककनीमा चिकित्सकको निगरानीमा राख्न लागिएको हो ।

यूएनको फ्लाईटमा आउन लागेको सो टोलीलाई सशस्त्रको भ्यानबाट एयरपोर्टबाट सिधै ककनी लगिनेछ । ६ महिना अघि लाईबेरिया शान्ती मिसनमा गएका उनीहरु आज आउन लागेका हुन् । प्रहरी अधिकारीका अनुसार उनीहरुलाई ईबोला भए नभएको विषयमा डक्टरको टोलीले विगतदेखि नै विशेष निगरानीमा राखेका थिए । 


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।