असोज २९ । बस चालकले बसको छतमा आफूखुसी यात्रु राखेको भन्दै स्थानीय प्रशासनले निगरानी बढाएको छ ।
प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद भट्टराईका अनुसार काठमाडौँ– त्रिशूली– धुन्चेखण्डको पासाङ ल्हामु मार्गमा चल्ने यात्रुबाहक बसले क्षमताभन्दा अत्यधिक बढी यात्रु राखेको कारण त्यस्ता बस चालकलाई कारबाही गर्न सडकका ठाउँ ठाउँमा प्रहरी गस्ती गरिएको छ ।
बसको क्षमताभन्दा बढी यात्रु नराख्न आग्रह गर्दै प्रजिअ भट्टराईले त्यस्ता क्रियाकलाप गरेको पाइएमा चालकमाथि कानुनी कारबाही गरेरै छाड्ने बताए ।




