पौष २३ काठमाडौँ
महिलाको बलात्कार र हत्या गरि फरार भएका झापा चन्द्रगढी ३ का ४० वर्षीय लीलाराम गौतम १७ वर्ष पछाडि पक्राउ परेका छन् । नेपालबाट भागेर अमेरिका पुगेका गौतमलाई अमेरिकी प्रहरीले पक्राउ गरेको हो । २०५७ साल असोज २८ गते चन्द्रगढी सन्ध्या चौधरीलाई बलात्कारपछि हत्या गरेका गौतमलाई जिल्ला अदालत झापाले सर्वोस्व सहित जन्मकैदको फैसला सुनाएको थियो।
उनको पक्राउपछि नेपाल प्रहरीको इन्टरपोल शाखाले नेपाल ल्याउने तयारी थालेको छ। चौधरीको बलात्कार र हत्या पश्चात नेपाली राहदानीमै उनी भागेर भारत हुँदै अमेरिका पुगेको अनुसन्धानबाट खुलेको छ। उनको राहदानी नम्बर ०९३०९४५३ रहेको छ।
झापा चन्द्रगढीकै हत्याकान्डमा सीताराम बस्नेत र मनोज खड्काको पनि संलग्नता देखिएको थियो।
Comments








