काठमाडौँ, २३ पुस  
राष्ट्रिय खेलकुद परिषद  च्याम्पियनसिपअन्तर्गत १६औँ राष्ट्रिय महिला फुटबल लिगको पहिलो खेलमा त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । 
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा आर्मीले पुलिसलाई ४–१ गोलअन्तरले पराजित गरेको हो । आर्मीका लागि कप्तान कृष्णा खत्री र अञ्जली वाइवाले दुई÷दुई गोल गरे । 
पुलिसका लागि घिमकुमारी घिसिङले सानत्वना गोल गरेकी थिइन् । लिगमा आर्मी समूह ‘ख’को उपविजेता बन्दै सुपर लिगमा प्रवेश गरेको छ भने पुलिस समूह ‘क’को विजेता हुदै सुपर लिगमा पुगेको हो । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।