खोटाङमा बलात्कारी युवाविरुद्ध १२ वर्ष कैदको फैसला

असोज । स्थानीय पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने खोटाङका एक युवालाई १२ वर्ष कैद सजाय र रु ७५ हजार क्षतिपूर्तिको फैसला सुनाइएको छ । बालिका बलात्कारपछि पुर्पक्षका लागि कारागारमा राखिएका डाँडागाउँ–१ का २५ वर्षीय किशोर भुजेललाई यस्तो फैसला सुनाइएको हो ।

आरोपित भुजेलले जबर्जस्ती करणी गरेको स्वीकार गरेपछि जिल्ला न्यायाधीश ईश्वरीप्रसाद गौतमको एकल इजलासले उनलाई उक्त सजाय सुनाएको स्रेस्तेदार भीष्म भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार भुजेलले मादक पदार्थ सेवन गरेको समयमा बालिकालाई जबर्जस्ती करणी गरेको बयान दिएका छन् ।

भुजेलले घरमा कोही नभएको समयमा गत असार–७ गते बालिकालाई जबर्जस्ती करणी गरेका थिए । बालिका बलात्कृत भएपछि आफन्तले दिएको उजुरीको आधारमा उनलाई असार–९ गते प्रहरीले पक्राउ गरेको थियो ।

बलात्कृत बालिकाको स्वास्थ्य अवस्था ठीक हुँदै गएको पारिवारिक स्रोतले जनाएको छ । रासस

Comments
spot_img

More like this

चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

झापा ८ साउनः ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झर्नुभएका ७२ वर्षीय जहरमान लिम्बूको एउटै...

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन...

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा...

स्पेन बन्याे फिफा २०२६ काे विश्व विजेता

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व विजेता बनेको छ...