जेनेभा, ५ असोज । उत्तर–पूर्वी सिरियामा इस्लामिक स्टेट जिहादीको भिषण आक्रमणको कारण ७० हजार सिरियाली कुद्र्रहरू यस इलाकालाई  छोडी टर्कीतर्फ भागेका छन् ।

     ती सिरियाली कुर्दहरू गत शुक्रबारबाट टर्की भाग्न सुरु गरेका संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोगले  आइतबार जानकारी दिएको छ ।

     गत २४ घन्टाभित्रमा ७० हजार सिरियालीले सिरिया पारगर्दै टर्की पुगेका सो नियोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

     सिरिया सन् २०११ बाट सिरियाली राष्ट्रपति बसार अल असादको राजिनामको माग गर्दै सुरु भएको जनआन्दोलन गुहयुद्धमा परिवर्तन भएको छ ।

    यस युद्धको डरले  सिरियाका लाखौं जनता आफ्नो देश छोडी विदेशमा  शरण लिन पुगेका छन् । ती शरणार्थीहरु मध्ये टर्कीमा पनि लाखौ पुगेका छन् ।

     सिरियामा जारी द्वन्द्वको कारण सन् २०११ देखि हालसम्म एक लाख ९० हजारभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् भने लाखौ घाइते भएका छन् । एजेन्सी

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।