वीरगन्ज ५ असोज । नक्कली परिचयपत्र देखाई आफू प्रहरी भएको भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने दुईजना व्यक्तिलाई पर्सा प्रहरीले आज पक्राउ गरेको छ ।

    प्रहरी सेवाबाट बर्खास्त भएका रौतहट पिपरा गाविस वडा नं १ घर भएका सन्तोषकुमार ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    वीरगन्ज उपमहानगरपालिका वडा नं १८ बाट उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूसँगै भिस्वा बस्ने ३८ वर्षीय मुन्ना द्विवेदीलाई पनि पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए ।

    उनीहरूबाट प्रहरीको नक्कली परिचयपत्र बरामद भएको उनले जानकारी दिए । उनीहरू अहिले प्रहरी हिरासतमा छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।