एक्कासी बिरामी परेका पूर्वराजा ज्ञानेन्द्रको स्वास्थ्यस्थिति सुधारोन्मुख

काठमाडौँ, ५ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यस्थिति सुधारोन्मुख अवस्थामा रहेको उनका उपचारका संलग्न चिकित्सकहरूले जानकारी दिएका छन् ।

आफ्नै निवासमा रहँदा एक्कासि चिटचिट पसिना आई असजिलो महसुस भएपछि पूर्वराजा शाहलाई तत्काल शनिबार राति ९ः४५ बजे नर्भिक अस्पतालमा ल्याई मुटुको एञ्जियोग्राफी र प्लास्टिक एञ्जियोग्राफी दुवै एकसाथ (मुटुमा जाने रगतको नशा खुलाउने प्रक्रिया) गरिएको थियो । हाल उनको स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको उनको उपचारमा संलग्न डा. भरत रावतले बताए ।

उनको उपचारमा मुटुरोग विशेषज्ञद्वय रावत र डा. यादव भट्ट संलग्न छन् । उनलाई हाल क्रोरोनरी केयर युनिट (सिसियु)मा राखिएको अस्पतालले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।