कञ्चनपुर, भदौ । कञ्चनपुर जिल्लाको दक्षिणी भेगअन्तर्गत पर्ने बेलौरी नगरपालिका–७ भकुन्डास्थित दोदा नदीमा हाम फालेकी महिलाको स्थानीयले जीवितै उद्धार गरेका छन् ।

मानसिक अवस्था ठीक नभएकी पूजा रोकाया नाम बताउने अन्दाजी २५ वर्षीया  महिलाले आज दिउँसो दोदा नदीमा हाम फालेर आत्महत्या गर्ने प्रयास गरेकी थिइन् ।

महिलालाई नदीमा हाम फालेको देखेपछि नदीमा माछा मार्दै गरेका स्थानीयले महिलाको जिवितै उद्धार गरेका हुन् । उद्धार गर्नेहरुमा बेलौरी नगरपालिका–७ का जागुराम चौधरी र रामप्रसाद चौधरी रहेको इप्रका बेलौरीले जनाएको छ ।

उनीहरु नदीमै गएर रसीको माध्यमबाट ती महिलाको ज्यान जोगाउन सफल भएका हुन् । मानसिक अवस्था गुमाएकी ती महिलाका दुई सन्तानसमेत रहेका छन् । बर्दिया घर बताउने ती महिला गत चैत महिनादेखि बहिनीको घर बुटाबारीमा बस्दै आएकी थिइन् ।

यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरकी  युवतीले आफँैलाई धारिलो वस्तु प्रहार गरी आत्महत्याको प्रयास गरेकी छिन् ।

ऐठपुरस्थित महाकाली सिँचाइ नहर नजिक डेरामा बस्ने ती युवतीले शुक्रबार राति कोठाभित्र हात, खुट्टा, पेट र घाँटीमा घारिलो वस्तु प्रहार गरी आत्महत्याको प्रयास गरेकी हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।