भदौ ६ । बुर्तिवाङ यातायात व्यवसायी समितिले बागलुङदेखि काठमाडौँसम्म वाइफाइ सुविधासहितको युरो बस सञ्चालन गरेको छ ।
यात्रुको सेवा, सुविधा र सहज यात्राका लागि युरो (एसी) बस सञ्चालन गरेको समितिले जनाएको छ ।
जिल्लाको बुर्तिवाङलगायत दुर्गम क्षेत्रबाट सेवा दिँदै आएको समितिले अञ्चलमै पहिलो पटक वाइफाइ सुविधायुक्त बस सेवा सुरु गरेको हो । बसमा वाइफाइ सुविधासँगै ४२ इन्चको टेलिभिजनसेट, एयरकुलर, ड्राइफुड, मिनरल वाटरसहितको सुविधा उपलब्ध भएको बुर्तिवाङ यातायात व्यवसायी समितिका महासचिव नरहरि भुसालले बताए ।
“तत्कालका लागि बागलुङ सदरमुकामबाट साँझ र बिहान दुईवटा बसबाट सेवा दिने छौँ”, भुसालले भने “यात्रुको चाहनाअनुसार भदौ मसान्तभित्रै थप दुई बससमेत सञ्चालन गर्ने योजना बनाएका छाँै ।”
यो बसबाट बागलुङदेखि काठमाडाँैसम्म यात्रा गर्दा रु ७५० भाडा तिर्नुपर्ने समितिले जनाएको छ । यसअघि एसी सुविधायुक्त दुई बसबाट सेवा दिँदै आएको धौलागिरि बस व्यवसायी समितिले भने बुर्तिवाङ यातायात व्यवसायी समितिले बसपार्कमानै टिकट काउन्टर राख्नुपर्ने बताएको छ ।
ट्राफिकले आफूहरूको गाडी बजार क्षेत्रमा धेरैबेर रोक्न नदिने तर बुर्तिवाङ यातायात व्यवसायी समितिलाई भने बीच बजारभित्रै काउन्टरनै राखेर सेवा सुरु गर्न दिएको बुर्तिवाङ यातायात व्यवसायी समितिका सचिव हरिविकास जिसीले गुनासो गरे ।






![[Exclusive] एनसेल अर्ब ठगी काण्ड: आयाेगले अध्यक्ष नदिँदा २ वर्षदेखि दराजमै थन्कियाे फाइल](https://hellokhabar.com/wp-content/uploads/2026/01/Black-and-White-Simple-Elegant-Business-Card_20260105_055326_0000-218x150.png)

